पशुपति शर्माको संघर्ष, तैले गाएर खादैनस देखि लोकसेवाको परिक्षा सम्म

...

काठमाडौँ । लोकगायक पशुपति शर्मा निकै चर्चित र लोकप्रिय कलकार हुन्। तर यो सफलता पाउन उनले धेरै संघर्ष गर्नुपरेको छ। गायक बन्छु भनेर शहर पसेका सुरुवाती दिनहरुमा उनलाई उनकै साथीभाई सहकर्मीहरुले होच्याएर बोल्ने गर्थे। तैले गित गाएर खादैनस देखि उनका सिर्जनाहरुमा यस्तो पनि गित हुन्छ भन्दै उनको मनोबोल गिराउने काम गर्थे।

सबैजनाले हतोत्साहित गर्दा साथै उनकै परिवारबाट पनि उनलाई साथ् सपोर्ट मिलेन। उनका बाबु-आमा छोराले धेरै पढेर सरकारी जागिरे बनोस भन्ने चाहान्थे। उनका दाजु डाक्टर थिए। यसकारण पनि उनलाई राम्रै ,ठुलै मान्छे बनोस भन्ने घरपरिवार चाहान्थे। सुरुवाती दिनमा सोचेअनुरुप गितहरु नचल्दा कसैको साथ् नपाउदा पशुपति शर्माले लोकसेवाको तयारि गरेर सुब्बाको परिक्षा पनि दिए। तर मन गीतसंगीतमै भएका कारण उता पनि सफल हुन् सकेनन् र पुन गीतसंगीतमै फर्किए।

pashupati-sharma----

यसपछि पशुपति शर्माले क्याम्पस पढ्न आउनि बोलको गित सार्वजनिक गरे। यहि गित नै उनको करियरको टर्निङ्ग पोइन्ट बन्यो। यसपछी मलाई अमेरिका यहि,लुट्न सके लुट कान्छा लगायत उनका गित लगातार हिट हुदै गए। यसपछि उनले पछि फर्केर हेर्नु परेको छैन। करियरको यो बिन्दुसम्म आईपुग्दा उनीसंग नाम -दाम दुवै छ। पहिला उनलाई तैले गाएर खादैनस भन्ने साथीहरु उनकै वरिपरि घुम्छन्। अहिले सफल भएपछी पशुपति शर्मा भन्छन् जसले जे भनेपनि आफ्नो गन्तब्य बिर्सनु हुदैन। निरन्तर कर्म गर्दै जादा एक दिन सबैको पालो आउछ। हरेश खानु भेन आत्तिनु भएन मेहेनत गरेपछि अवश्य सफल भईन्छ।