पश्चतापमा रुमलिएकी एलिना

...

काठमाडौँ । गायिका एलिना चौहान हतारमा विवाहको निर्णय लिएछु भन्दै पछुताईरहेकी छिन्। हालसालैको एक अन्तर्वार्तामा उनले भनेकी छन्, ‘विष्णु सापकोटासंग विवाह गर्न आफ्नो आमा-बुवालाई रुवाए। मम्मीलाई विहे नगरी बाच्न्नै सक्दिन भनेर बिहे गराईदिन मजबुर गराए। यहि नै ठुलो भुल गरेछु।

बुवा-आमालाई जसले रुवाउँछ त्यो रुनै पर्ने रहेछ। आमाबाबुले आफ्नो छोराछोरीको लागि कहिल्यै नराम्रो भन्नुभएको हुदैन रहेछ। बुवाअमा भगवान हुन् भन्ने बल्ल चेत आयो।’ एलिना हतारमा विवाह गरेछु भन्दै पछिल्लो समय निकै पछुताईरहेकि छिन्।