फिल्म निर्माणमा मिनु शर्मा (सपना), ‘मन बिनाको धन’ पोस्ट प्रोडक्सनमा

...

काठमाडौं । नेपाली फिल्मी क्षेत्रमा बिभिन्न ब्यवसायीहरुको पनि आगमन भइरहेको छ । बर्षमा सयबढी फिल्म निर्माण भइरहेको समयमा नयाँ निर्माताहरुको पनि उत्तिकै मात्रामा प्रवेश भइरहेको देख्न पाइन्छ । यसैबिच ज्वलेरी व्यवसायमा आफूलाई स्थापित गरिसकेकी ब्यवसायी मिनु शर्मा (सपना) फिल्म निर्माणमा लागेकी छिन् । मिनुले ‘मन बिनाको धन’ फिल्मबाट निर्माता भएर फिल्मी क्षेत्रमा प्रवेश गरेकी हुन् । उनी यस फिल्मको कार्यकारी निर्मात्रीको भूमिकामा छिन् ।

‘मन बिनाको धन’ फिल्म टंक बुढाथोकीले निर्देशन गरेका छन् । यो फिल्मको अहिले पोस्ट प्रोडक्सनको काम भइरहेको छ । फिल्ममा गायक अशोक दर्जीको मुख्य अभिनय रहेको छ । बिशेष गरी टंक र अशोकको मन बिनाको धन ठुलो कि धन बिनाको मन ठुलो गीत हिट भइसकेपछि अशोकको जीवनमा परिवर्तन आएको थियो । त्यसै गीतको नामबाट फिल्म निर्माण गरिएको हो । फिल्ममा एक ब्यक्ति कसरी जिरोबाट हिरो बन्न पुग्छ भन्ने कुरा देखाइएको छ ।

फिल्ममा अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी , उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, बिना राउत, एआर बुढाथोकी, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन नेपाल, विजय डंगोल लगायत वाल कलाकार साम्राज्ञी थापाको अभिनय रहेको छ ।

साम्राज्ञी निर्मात्री सपना शर्मा (मिनु) की सुपुत्री हुन् भने उनको यो पहिलो चलचित्र हो । लामो समय देखि ज्वलेरी व्यवसायमा आवद्ध कार्यकारी निर्मात्री सपना शर्मा (मिनु)ले ज्वलेरी व्यवसायलाई काठमाडौं देखि दुवईसम्म फैलाउदै छिन् । टिकटकमा लोकप्रिय शर्मा सामाजिक क्षेत्रमा समेत सक्रिय छिन् ।

सामाजिक विषयवस्तुमा निर्माण भएको फिल्मलाई टंक बुढाथोकी आफैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । फिल्मको निर्माता बिष्णु माया मैनाली रहेकी छिन् । यस्तै जीपी संग्रोैला, बिबेक नेपाल र बिजया पाण्डे सहनिर्मातामा रहेका छन् ।

फिल्ममा टंक बुढाथोकी संगीत,सौरभ लामा र नवराज उप्रेतीको छायांकन,कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी,मित्र डी. गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन रहेको छ ।