‘सारेगमप लिटिल च्याम्प्स सिजन २’मा मेघा अडिसनबाट छानिए उत्कृष्ट २५

...

काठमाडौं । बालबालिकाहरुबिचको ठुलो गायन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प्स सिजन २’को मेघा अडिसन राउण्ड सकिएको छ । उमेरले साना तर कला र गलाले ठुला बालबालिकाहरुले आफ्नो उत्कृष्ट प्रतिभा
देखाइरहेका छन् ।
सारेगमप लिटिल च्याम्पस सिजन २को एपिसोड ६ पुग्दा सम्म प्रतिभाहरु निकै राम्रा राम्रा आइरहेका छन् । यसैबिच मेघा अडिसनबाट उत्कृष्ट २५ प्रतिभाहरु छानिएका छन् । जसमा २० जना फाइनल अडिसनबाट छानिएका थिए भने ४ जना सिधै उत्कृष्ट १६ मा पुगिसकेका छन् । यस्तै मेघा अडिसनको अन्तिम एपिसोडबाट १ जना अभान्टिका बस्नेतलाई जज्ले उत्कृष्ट प्रतिभा भएको भन्दै छानेका थिए ।

सारेगमप लिटिल च्याम्प्स सिजन २ स्पेस फोके टेलिभिजन र डोको युट्युव च्यानलमार्फत प्रसारण हुँदै आएको छ । सारेगमप लिटिल च्याम्प्स सिजन २को टाइटल स्पोन्सर्डमा वर्डलिंक रहेको छ ।