म हराएको छैन, किन एकतर्फि समाचार आउँछन्ः सुबास कार्की

...

माघ, काठमाडौं । हाँस्य टेलिश्रृंखला भद्रगोलका निर्माता सुबास कार्की यतिखेर लण्डनमा छन् । सुबास नेपालमा भद्रगोल बन्द भएपछि आफ्नो परिवारलाई भेट्न लण्डन पुगेका हुन् ।
subhas karki bhadragolयसैबिच भद्रगोल बन्द भएसँगै कलाकारलाई पैसा नदिएर सुबास सम्पर्कबिहिन भएको भन्दै केहि अनलाईनहरुमा समाचार आएको प्रति खेद प्रकट गरेका छन् । उनले आँफु कतै नहराएको र भद्रगोल बन्द भएको बेला परिवारलाई भेट्नका लागी लण्डन आएको र छिट्टै नेपाल आउने जानकारी दिएका छन् । “म हराएको छैन, किन यस्ता समाचार बारम्बार एकतर्फि तरिकाले निकालिन्छ ?”, आर्टिस्ट खबरसँग टेलिफोनमा कुरा गर्दै सुबासले भने ।

सुबासले यसभन्दा पहिला पनि आफ्नो बारेमा एकतर्फ समाचार बाहिर ल्याएर मिडिया तताएको भन्दै आम दर्शक तथा कलाकारहरुमा आँफु नहराएको र नेपाल आएर पैसा दिन बाँकी रहेका कलाकारहरुलाई पैसा दिने र भद्रगोल पुनः सञ्चालन हुने बताएका छन् । उनले भद्रगोलका टिम भित्र रहनुभएका कलाकारहरुले केहि गुनासो भए आँफुलाई भन्न समेत आग्रह गरेका छन् ।


सुबास कार्की भद्रगोलका निर्माता सहित भद्रगोल भित्रका कलाकार पनि हुन् । उनी भद्रगोल भित्रको अभिनयमा गोजिमा दुई रुपैया छैन भन्ने थेगोले चर्चित छन् । उनी निर्माता तथा कलकार बाहेक एक ब्यावसायी पनि हुन् ।