
काठमाडौँ। आज अभिनेत्री स्वस्तिमा खड्काको जन्मदिन । दर्शकको मन जित्न सफल स्वस्तिमा आज आफ्नो ३० औँ जन्मदिन मनाउँदै छिन् । विसं २०५२ असार २० गते जन्मिएकी स्वस्तिमाले चलचित्र होस्टल रिटन्र्स’ बाट नेपाली चलचित्र क्षेत्रमा डेव्यु गरेकी हुन् । त्यसयता उनले छक्का पन्जा २, नाइँ नभन्नु ल ५, ‘बुलबुल, ‘चपली हाइट’,‘चिसो मान्छे लगायतका थुुप्रै चलचित्रमा अभिनय गरिसकेकी छिन् ।
स्वस्तिमा चलचित्रमा मात्र नभई म्युजिक भिडियोमा पनि निकै सक्रिय छिन् । निर्देशक निश्चल बस्नेतसंग विवाह गरेपछी फिल्म नगरीमा झन् बढी सक्रिय रहेकी स्वस्तिमा आजसम्म उतिकै सक्रिय छिन् ।
स्वस्तिमाको फिल्म भन्दापनि गीतमा उनले गरेका नृत्यलाई दर्शकले सर्वाधिक मन पराएका छन् । उनले नृत्य गरेको ‘कुटुमा कुटु’ बोलका गीत धेरैले मन पराएको र हेरिएको पहिलो नेपाली गीत हो । त्यस्तै उनको अर्को गीत ‘नाँच फिरिरी’ पनि युट्युबमा अत्यधिक हेरिएको छ भने उनको अर्को गीत ‘साली मन पर्यो’ पनि दर्शकले धेरै मन पराएको गीत हो ।