
काठमाडौँ । आगामी असार २८ गते दुर्गेश थापा, पशुपति शर्मा, एलिना चौहान, कुम सागर सहित बिभिन्न १० कलाकारले एउटै स्टेजमा प्रस्तुती दिँदैछन् । रेडियो कान्तिपुरले उक्त मितिमा ‘नेसनल म्युजिक अवार्डस्’ गर्दैछ । सोहि स्टेजमा दुर्गेश थापा, कुम सागर, पशुपति शर्मा, एलिना चौहान, सुशान्त घिमिरे, स्वप्न सुमन, अस्मिता अधिकारी, वाङ्देन शेर्पा, सुन्दर खनाल र सुजिता श्रेष्ठले कन्सर्ट गर्ने भएका हुन् ।
कार्यक्रम ३ हजार दर्शक क्षमता रहेको गोदावरी सनराइज सम्मेलन केन्द्रमा हुँदैछ । आज (शुक्रबार) रेडियो कान्तिपुरले पत्रकार सम्मेलन गर्दै उक्त कार्यक्रमबारे जानकारी गराएको थियो । अवार्ड प्रदान गरिने विधाहरुमा उत्कृष्ट नव गायक, गायिका, उत्कृष्ट रचनाकार, उत्कृष्ट सङ्गीत निर्देशक, उत्कृष्ट लोकदोहरी गायक र गायिका, उत्कृष्ट पार्श्व गायक र गायिका, उत्कृष्ट पप गायक र गायिका, उत्कृष्ट साागितिक समूह तथा उत्कृष्ट आधुनिक गायक र गायिका रहेका छन् । यसपटकबाट उत्कृष्ट हिपहप र आरएण्डवी विधा पनि थप गरिएको छ ।
संगीतका सबै त्यस्तै गीत सङ्गीतका क्षेत्रमा लामो समयदेखि सेवा पुऱ्याउँदै आउनु भएका एकजना मुर्धन्य संगीतसाधकलाई लाईफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिने छ । सो पुरस्कारको राशी १ लाख रुपैयाँ रहने छ । त्यस्तै पिपल्स च्वाइस अवार्डको चयन श्रोताको सहभागिता समेतमा हुनेछ । अवार्ड कार्यक्रममा सङ्गीतका १४ विधा र लाइफ टाइम एचिभमेन्ट अवार्ड मार्फत् एकजना मुर्धन्य व्यक्तिलाई सम्मान गरिने बताइएको छ । वर्षभर प्रसारण भएका गीतहरुबाट विभिन्न विधा अन्तर्गत उत्कृष्टमध्ये ५ जानको मनोनयन छान्न जुरी निर्माण गरिएको थियो । ती विधाका मनोनयनहरुबाट सर्वोत्कृष्ट छान्ने काम अर्को तहको जुरीले गर्नेछ ।