मलाई नेपालमै काम गर्न मन छ -तेरिया मगर

...

काठमाडौँ। डीआईडी मार्फत भारतमा तहल्का मच्चाएकी तेरियाले अब नेपालमै तहल्का मच्चाउने भएकी छन् । उनी इन्डिया छाडेर नेपाल आएकी छन्। विगत ३ महिनादेखि उनि नेपालमा छिन् र यतिबेला रियालिटी सो ‘मेरो डान्स युनिभर्स’ होस्ट गरिरहेकी छन्। तेरियाले मितज्यु’ चलचित्र मार्फत नेपाली सिने-नगरीमा डेब्यु पनि गर्दैछिन्। अब नेपालमै बस्ने सन्दर्भमा उनि बताउछिन् मलाई नेपालमै काम गर्नु छ,सबै कलाकारहरुसंग  काम गर्ने इच्छा छ। भर्खर त सुरुवात गर्दैछु ,इण्डिया आउने-जाने गरिरहन्छु तर काम नेपालमै गर्छु होला।

११ वर्षकै उमेरमा नृत्य गरेर भारतीय सँगै पुरै वीश्वको ध्यान खीचेकी तेरिया अहीले २२ वर्षकी भईसकेकी छन् । र अब नेपाली कला क्षेत्रमा छाउँदैछीन् । तेरिया मगर नेपालको रुपन्देही जिल्लामा अवस्थित रुद्रपुर गा.वि.स सुनगाभाचोककी वासिन्दा हुन्। उनको पूरा नाम तेरिया फौजा मगर हो।

teriya-magar-

कुशल नृत्यका कारण भारतमा भएको प्रतियोगिता डान्स इन्डिया डान्स’मा उनले पहिलो स्थान पाएपछी विश्वसामु चिनिएकी हुन्। उनी भारतीय टेलिभिजन च्यानल कलर्स टिभीबाट प्रसारण हुने वास्तविक कार्यक्रम झलक दिखला जा’ को विजेता पनि हुन्।