काठमाडौँ । तक्मे प्रोडक्सनको ब्यानरमा फिल्म ‘मैझारो’ निर्माण हुने भएको छ । सोमबार निर्माण पक्षले अभिनेताका रूपमा धीरज मगर अनुबन्ध गर्दै चलचित्र निर्माणको घोषणा गरेको हो ।
चलचित्रको लेखन तथा निर्देशन कलाकार विल्सन विक्रम राई तक्मेबुढाले गर्नेछन्। चलचित्रमा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत रहनेछ भने सौरभ लामाले छायाङ्कन गर्नेछन् । अनुसार अन्य कलाकारहरूको नाम चाँडै सार्वजनिक गरिने स्रोतले बताएको छ। ।
फिल्मको छायाङ्कन साउनको पहिलो हप्ताबाट हुने छ। इलाम र पाँचथरका रमणीय स्थानहरूमा फिल्मको छायाङ्कन हुनेछ।







२३ असार २०८२, सोमबार १९:१० 








