एनएसपीएल क्रिकेटको ब्राण्ड एम्बासडर बने निखिल उप्रेती

...

काठमाडौँ।  नायक निखिल उप्रेती नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) क्रिकेटको ब्राण्ड एम्बासडर नियुक्त भएका छन् । एनएसपीएलले सोमबार  पत्रकार सम्मेलनमा चर्चित अभिनेता उप्रेतीलाई आफ्नो ब्राण्ड एम्बेसेडरको रुपमा घोषणा गरेको छ ।

ब्राण्ड एम्बेसेडरको रूपमा एनएसपीएलमा आबद्ध हुन पाउदा उनलाई अत्यन्त खुसी र गर्व महसुस भएको बताए । एनएसपीएलले समग्र क्रिकेट खेललाई नै प्रवर्धन गर्ने उनको धारणा रहेको छ।