‘जहाजैमा’ को प्रदर्शन मिति घोषणा

...

काठमाडौँ। कृषा चौलागाईंको निर्देशनमा बन्ने चलचित्र ‘जहाजैमा’ को प्रदर्शन मिति घोषणा गरिएको छ। चलचित्रको छायांकन सुरू सुरु नहुदै  फागुन १ गतेलाई प्रदर्शन मिति तय गरिएको छ।

यो चलचित्रमा केदार घिमिरे, सौगात मल्ल, जापानीज अभिनेत्री रूजेल इचिमिया अनुबन्धित भइसकेका छन्। अन्य, कलाकारहरू पनि फाइनल गर्ने चरणमा रहेको निर्माणपक्षले बताएको छ।

भदौबाट जापानमा छायांकन गर्ने तयारी रहेको फिल्ममा अभिमन्यू निरवीको लेखन, पुरूषोत्तम प्रधानको डीओपी रहनेछ। उज्ज्वल गुरागाईंको निर्माणमा तयार हुन लागेको फिल्मलाई यूएनए प्रोडक्सनको ब्यानरमा निर्माण गर्न लागिएको हो।