माघ, पाल्पा । गायक मिलन लामा भन्ने बित्तिकै हामी केहि गीतहरु झल्यास्स सम्झन्छौं । ‘माझि दाई पोखरा फेवा तालको’, ‘जुम्ला कालिकोटको’ लगायतका गीतहरु एकसमय निकै चलेका गीत हुन् । त्यसोत यी गीतहरु अहिले पनि ठाउँठाउँमा गुन्जिरहेका हुन्छन् ।
यीनै गीतका गायक मिलन लामाले लामोसमय देखी बिभिन्न सामाजिक कार्यमा हात हाल्दै आएका छन् । नेपाल र नेपालीका लागी आर्टिस्टहरुले पनि केहि गर्नुपर्छ भन्ने मनसायले निरन्तर समाजिक कार्य गर्दै अगाडि बढेका मिलनले अहिले एक अभियान शुरु गरेका छन् । त्यो हो बनको काफल बनकै चरीलाई अर्थात गीत गाएर आएको पैसा गीत गाउँन चाहानेकै लागी दिने ।
–
गायक मिलन लामाले केहि दिन अघि पाल्पाको रामपुरमा आयोजीत प्रथम एतिहासिक महोत्सवमा गीत गाए बापत प्राप्त पारीश्रमिक त्यसै रा.न.पा. २ हाँगे पिपल बासी बिपन्न दृस्टीबिहिन प्रतिभा अनिल ‘दृष्टिबिहिनू कान्छा भन्ने युवालाई रु. ५ हजार सहयोग गरेका छन् । दृष्टिबिहिन अनिलले गीत रेकर्डिङ तयारीमा छन् त्यसैका लागी मिलनले सहयोग गरेको आर्टिस्ट खबरलाई बताएका छन् ।
जीन्दगीमा मरी लानु केनै छर, आज छ भोली छैन, त्यसैले बाँचुन्जेल सामाजिक सेवा गर्ने सोँचमा छु, मेरो यो अभियानलाई अब निरन्तरता दिनेछु, मिलनले भने । यसभन्दा अघि पनि चितवनमा रहेका चेपांग बस्तीका बासिन्दाहरुलाई पनि सोलार बत्ती बितरण गरेका थिए ।