काठमाडौँ। चलचित्र ‘मोहर’को दोस्रो गीत ‘झुम झुम झुम्किका’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर, हर्क साउदको शब्द, एसडी योगीको संगीत छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार पल शाह र बेनिशा हमाललाई फिचरिङ गरिएको छ ।
आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मोहर’ फिल्म मेकर्स प्रा.लिको ब्यानरमा निर्माण भएको हो। फिल्मका निर्माता चुम्बन जंग शाही हुन् । फिल्ममा कुमार महर्जनको एक्सन, दिपेन बस्न्यातको छायाङ्कन, सुरेश अधिकारी, एसडी योगी र थानेश्वर गौतमको संगीत छ । देउकी प्रथाको कथामा तयार भएको यो फिल्मको सार्वजनिक गीतमा कविराज गहतराजको कोरियोग्राफी छ ।
पल शाह, नीति शाह ,बेनिशा हमाल,अर्जुन जंग शाही, रवीन्द्र झा, लक्ष्मी गिरी लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ।







२४ असार २०८२, मंगलवार १६:०५ 








