सकियो ‘कोशेढुंगा’को छायांकन

...

काठमाडौँ। चलचित्र ‘कोशेढुंगा’को छायांकन सकिएको छ। मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङ र मार्खुमा एउटा गीतको छायांकन गरेपछि सोमबार ५१ दिनमा चलचित्र ‘प्याकअप’ भएको हो ।

नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा अभिनेत्री सुरक्षा पन्त मुख्य भूमिकामा छिन् । चलचित्रको कथा उनीमै केन्द्रित रहेको जनाइएको छ । उनीसहित चलचित्रमा आर्यन सिग्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, हिउवाला गौतम, सरोज खनाल, विशाल पहाडी, दिनेश काफ्ले लगायतको अभिनय रहेको छ ।

ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलले यो चलचित्र निर्माण गरेका हुन्।