सारिकाको ’गुन भुल्यौ’लाई एक करोड भ्युज

...

काठमाडौँ। निकै थोरै लगानीमा तयार बनाईएको गायीका सारिका घीमीरेको ’गुन भुल्यौ’ गीतले एक करोडभन्दा बढी भ्युज पाउन सफल भएको छ । रिलिजको एक महिनामै गीतले युट्युबमा १० मिलियन बढी भ्युज पाएको हो।

यो गीत सार्वजनिक भएसंगै सोसल मिडियामा निकै भाइरल भएको थियो र अहीले एक महीना पछीसम्म पनी गीतको चर्चा सेलाएको छैन। प्रेम विछोडको पीडा समेटिएको गीतमा स्वरसँगै शब्द तथा संगीत पनि सारिकाकै छ। भिडिओमा पनि उनी स्वयंले अभिनय गरेकी छन्।

सारिकाले यो गीत बनाउदा यति धेरै चर्चित होला भन्ने अपेक्षा राखेकी थिइनन्। यसैकारण गीतको भिडियोमा पनि आफैले सामान्य अभिनय गरेकी थिइन्। तर आज यहि गीतले उनलाई सर्वाधिक चर्चा दिलाएको छ।