काठमाडौँ। आजबाट थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘चन्द्रलाई कस्ले मार्यो ?’ मञ्चन गरिने भएको छ । थियटरले सामाजिक संजालमा एक पोष्टर सार्वजनिक गर्दै नाटकको जानकारी दिएको हो । नाटकमा भावना उप्रेती, सीतादेवी तिमल्सेना, मिलन कार्की, मौसम खड्का, तेन्जु योञ्जन, पृतिशा अधिकारी र किरण चापागाईँ लगायत अन्य कलाकारहरुको अभिनय देख्न सकिन्छ ।
आगामी साउन १८ गतेसम्म मञ्चन हुने नाटक सोमबार बाहेक साताको प्रत्येक दिन साँझ ५ः३० बजे र शनिबार दिउँसो १ः३० बजे अतिरिक्त सो पनि हुनेछ । नाटकका सह–निर्देशक रोहित थापा हुन् भने स्टेज म्यानेजरको रूपमा विशाल केसी रहेका छन् ।
नाटकले मानिसले आफूलाई खोज्ने यात्रामा सम्भावनाहरू ओझेलमा परिरहँदा के–कस्तो पीडा भोग्नुपर्छ भनेर देखाउने स्रोतले बताएको छ।







२५ असार २०८२, बुधबार १३:४७ 








