आर्टिस्ट फस्टः पहिलो मोबाइल नोकिया ८३१० मोडल, पहिलो सवारीसाधन साईकलः हेमन्त शर्मा

...

माघ, काठमाडौं । ‘मुल हौ भने रसाईदेऊ’, ‘जाली माया नगर्नु जालमा परीन्छ’, ‘माया त यस्तो होस्’ लगायतका दर्जनौं चर्चित गीतका गायक हुन् हेमन्त शर्मा । प्राय सदाबहार गीतहरु दर्शक तथा स्रोता माझ दिइरहने गायक हेमन्त देश बिदेशका कार्यक्रममा बोलाईने ब्यस्त गायक मध्येमा पनि पर्दछन् ।

Singer Hemanta sharma on artist first of artist khabarनवलपरासीको त्रिवेणी गाउँमा जन्मेका उनी यतिखेर काठमाडौंमा परिवारसँग बस्दछन् । अहिले तत्कालको कुरा गर्दा उनी देश भित्रको बिभिन्न कार्यक्रममा प्रस्तुतीका लागी पुगेका छन् । बिहिबार अर्घखाँचीको सन्धिखर्कमा पुगेका हेमन्त आज (बिहिबार) भने दांगको लमहि पुगेका छन् । उनको ब्यस्तताको कुरा गर्दा दैनिक जस्तो बिभिन्न फरक कार्यक्रममा पुगीरहेका हुन्छन् । उनको केहि दिन अघिमात्र ‘गोरी भन्दा रैछन्’ बोलको गीत सार्वजनिक भएको थियो ।


यसैबिच आर्टिस्ट खबर डटकमको ‘आर्टिस्ट फस्ट’ सेग्मेन्टमा आज गायक हेमन्त शर्मासँग उनका पहिलो कुराहरु गरेका छौं ।

हेमन्त शर्माको पहिलो घरको कुरा गर्दा ?
मेरो पहिलो घर भनेको नवलपरासी हो । मेरो जन्मनै नवलपरासीको त्रिवेणीमा भएको हो।


पहिलो गित ?
पहिलो रेकडेड गित भनेको सरोज पन्तले लेख्नुभएको मुटु भित्र तिम्रो मेरो नाम गुन्जिरहन्छ हो ।


पहिलो आम्दानी ?
मेरो पहिलो आम्दानी भनेको ट्युसन पढाएर आएको पैसा हो । एस.एल.सी. पास गरेपछि भैरहवामा ट्युसन पढाउँथेँ । एउटा सिख बच्चा थिए अहिले त ठुलो भए होला । मैले उसलाई जबरु भन्थें ।

पहिलो प्रेमिका ?
मेरो पहिलो प्रेमिका मेरी श्रीमती रितु नै हुन् । त्यो भन्दा अघि कसैसँग प्रेम नै बसेन ।

पहिलो सन्तान ?
मेरो जम्मा दुई सन्तान हुन् । पहिलो छोरा हिरक हेमन्त भट्टराई हो ।

पहिलो अन्तवार्ता ?
मेरो पहिलो अन्तवार्ता सायदै बि.सं २०५७ सालमा हुनुपर्छ । पत्रकार कृष्ण भट्टराईले लिनुभएको हो जो अहिले कान्तिपुर साप्ताहिकमा हुनुहुन्छ ।

पहिलो पटक काठमाडौं कहिले र किन आउनु भयो ?
म कक्षा ७ मा पढ्दा शैक्षिक भ्रमणमा पहिलो पटक काठमाडौं आएको हुँ । त्यतिखेर पोखरा, गोरखा र काठमाडौंको भ्रमण थियो । काठमाडौं आएर एउटा फिल्म पनि हेरेको याद छ, बिश्वास फिल्म हेरेको थिएँ ।


पहिलो पटक हेरेको फिल्म ?
पहिलो पटक हेरेको फिल्म त हिन्दी फिल्म दममारो दम हो । मेरो जन्मस्थान नवलपरासीको त्रिवेणीमा आमा र हजुरआमा सँग हेरेको थिएँ । नेपाली फिल्ममा भने सम्झना फिल्म हो ।

पहिलो मोबाइल सेट ?
आज भन्दा १० बर्ष अगाडि कतारबाट मेरो साथी गोबिन्द के.सी.ले पठाइदिनु भएको नोकिया मोबाइलको ८३१० मोडल जुन चिटिक्क परेको थियो ।


पहिलो सवारी साधन ?
मैले पहिलो पटक चढेको सवारी साधन साइकल हो जुन मेरो बाबाले किनिदिनु भएको हो । आफ्नै आम्दानीले किनेको सवारी साधन चाँहि हिरो होन्डा बा १० प ३२६४ नम्बरको हो ।


पहिलो बिदेश भ्रमण ?
मेरो पहिलो बिदेश भ्रमण सन् २००० मा कतार हो । जुन कार्यक्रमकै शिलशिलामा पुगेको थिएँ ।

प्रस्तुतीः गोपिकृष्ण / आर्टिस्ट खबर