काठमाडौँ। दुर्गेश थापा र भ्लगर सिसन बानियाँको सहकार्य रहेको गीत ‘जाने भए जाम माया’ आज सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा दुर्गेश र सिसनसँगै गुँरास नानीसँगै अन्य कलाकारहरू पनि देखिएका छन्। पनि फिचर्ड छिन्। दुर्गेश, सिसन र गुँरास नानीले सहकार्य गरेको खबरलाई लिएर केही दिनदेखि सामाजिक सञ्जालमा चर्चा भइरहेको थियो।
गीतको शब्द, संगीत र संगीत संयोजन दुर्गेश स्वयंमको हो। दुर्गेश र सिसनले यो गीतमा आवाज भरेका छन्। साथमा अल्हाजी गेरोले समेत यसमा स्वर दिएका छन्। भिडियो सार्वजनिक भएको एक घन्टा नबित्दै ४ हजार माथिले हेरिसकेका छन्।







२५ असार २०८२, बुधबार १८:२६ 








