तक्मे बुढाको फिल्ममा मिरूना मगर

...

काठमाडौँ। विल्सन विक्रम राई (तक्मेबुढा) को निर्देशनमा बन्ने फिल्म ‘मैझारो’मा अभिनेत्री मिरूना मगर अनुबन्धित भएकी छन्। यसअघि यो फिल्ममा अभिनेता धिरज मगर अनुबन्धित भइसकेका छन्।

तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण हुने यस फिल्मलाई निर्देशक विल्सनले नै लेखेका हुन्।  सामाजिक कथावस्तुमा आधारित ‘मैझारो’ पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थमा निर्माण हुनेछ।

फिल्मका लागि अन्य कलाकारहरुको भने टुंगो लागिसकेको छैन।