पललाई भेट्न ३ वर्ष कुरेका जुरी ठाकुर

...

काठमाडौँ। पहिलेबाट नै जुरी ठाकुर नायक पल शाहाको ठुलो फ्यान थीए । पललाई भेट्नकै निमित्त उनले धेरैलाई गुहारे । भेटे जती व्यक्तिलाई  पल जीलाई भेटाईदिनुस् न भनेर आग्रह गर्थे  र अन्तत ३ वर्ष कुरेपछी एक व्यक्तीमार्फत उनले पललाई भेट्ने अवसर पाए । पहीलोपटक जुरी ठाकुर पल शाह डान्स सिक्ने स्टुडियोमै पुगेर भेटेका थिए। पहिलो भेटपछि जुरी र पलबीच राम्रो सम्बन्ध स्थापित भयो। अहीले उनी पलका पर्सनल हेयर डीजाईनर हुन् । पल शाहा जहा पुगेपनी उनी उनको कपाल काट्न सोही ठाउँमा पुग्ने गर्छन् । पल शाहलाई भटेपछी उनको चर्चा पनी बढ्यो । पल जहाँ गएपनी जुरीलाई सँगे लीएर हीड्छन् । जुरीलाई राम्रो सम्मान र माया दीएका छन् । प्राय सबै सेलीब्रेटीहरु उनको पार्लरमा गएर कपाल काट्छन् । यतीसम्मकी अहीले त उनीसँगग कपाल काट्न पालो  कुर्नुपर्छ । उनीसंग कपाल कटाउन मानिसहरु एक हप्तासम्म वेटिङ्मा  बस्ने गर्छन्।

बर्दिबास घर भएका जुरी ठाकुरको नयाँ बानेश्वरमा रहेको खरीबोट चोकमा ‘जुरी युनिसेक्स पार्लर’ रहेको छ । जुरी ठाकुर त्यहाँका साहु हुन् । नेपालमा नाम चलेका कलाकारहरुको कपाल काटेकै कारण उनि चर्चामा रहेका छन् । उनले नेपाली फिल्मका अभिनेताहरु राजेश हमाल, प्रदीप खड्का , दीलिप रायमाझी, सुनिल थापा , विराज भट्ट , रमित ढुङ्गाना, जय किसन बस्नेत, सोभित बस्नेत पल शाहा लगायत अधिकांशको कपाल काटेर चिटिक्क पारिदिने गरेका छन् । उनले कलाकारहरुको मात्र नभएर पत्रकारहरुको पनि कपाल काट्ने गरेका छन् ।

अहिलेसम्म जुरी ठाकुरले नेपालका ९० प्रतिशत सेलिब्रेटीका कपाल काटेको बताउँछन् । पल शाहलाई उनले दाई भनेर सम्बोधन गर्छन् र पल शाहले उनलाई जुुरी भाई भनेर नीकै माया गर्छन् । मान्छेको अनुहार, वर्ण र साइज हेरेर ‘हेयर डिजाइनिङ’ गर्नुको जुरीको मुख्य विशेषता हो । कलाकार, पत्रकार, अफिसियल जस्तो व्यक्तित्व हो, त्यहीअनुरुप हेयर डिजाइनर गर्छन् उनी । त्यसैले एकपटक उनीकहाँ कपाल काटेपछि ग्राहक अन्त मोडिदैनन् । लगभग २५ वर्षदेखि एकैथलोबाट सेवा दिन सफल हुनको कारण पनि त्यही हो । कुनै समय उनी अभिनेता राजेश हमालको ‘पर्सल हेयर डिजाइनर’का रुपमा चर्चित थिए । र अहीले पल शाहको पर्सनल हेयर डीजाईनर हुन् ।