‘खवपु’ अभिनित ‘चिट्ठी’ भदौ २० मा

...

काठमाडौँ। चलचित्र ‘चिट्ठी’ भदौ २० गतेबाट प्रदर्शनमा आउने भएको छ । यस हरर कमेडी तथा स्पेन्स थ्रिलर शैलीमा तयार भएको फिल्मलाई सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको छ। जसअनुसार १६ वर्ष मुनिका बालबालिकाले अभिभावकको साथमा फिल्म हेर्न पाउने भएका छन् ।

फिल्ममा खड्गबहादुर पुन मगर ‘खवपु’, सञ्जित भण्डारी, गोपाल ढकाल ‘छन्दे’, नवराज थापा, प्रवण भुषाल, मुस्कान लामा, कञ्चन चालिसे, नम्रता खरेलको मुख्य भूमिका छ । फिल्ममा मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, रश्मि भट्ट, उद्धव भट्टराई, कृष्ण भट्टराई, डेविल सिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, मुना निरौला, कविन्द्र त्रिपाठी लगायतका कलाकारलाई विशेष भूमिकामा देख्न सकिन्छ ।

माधव राज खरेलद्वारा निर्देशित चलचित्र ‘चिट्ठी’ एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो ।