‘जदौ’ मा मुकुन,नीति र ऋचा पछि बिनोद अनुबन्धित

...
काठमाडौं । ‘जदौ’ फिल्ममा अभिनेता बिनोद न्यौपाने अनुबन्धीत भएका छन्। यसअघि नै मुकुन भुसाल,नीति शाह र ऋचा शर्मा फाइनल भइसकेको फिल्ममा बिनोद निकै रमाइलो पात्रका रुपमा प्रस्तुत हुने बताइएको छ । जस्तोसुकै भूमिकामा पनि आफुलाई अब्बलताका साथ प्रस्तुत गर्न सक्ने क्षमतायुक्त बिनोद पछिल्लो समयका डिमाण्डेड अभिनेता हुन् ।
काजी लिम्बूको लेखन रहेको फिल्म `जदौ´ सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टले संयुक्त रुपमा निर्माण गर्दैछ। फिल्मको सह-निर्मातामा रामराजा सुवेदी,ओम चेम्जोङ,सुमित्रा देवकोटा र नारायण शास्त्री छन् । बुद्धि माझीको निर्माण ब्यबस्थापन रहेको फिल्मको छायांकन भदौ पहिलो साताबाट हुनेछ ।
निर्माण ब्यानर सिल्भर स्क्रीनकी प्रबन्ध निर्देशक बिमला भण्डारीले फिल्मका निर्देशक र बाँकी प्रमुख कलाकार,प्राबिधीक बारे केही दिनमै खुलस्त पारिने जानकारी दिएकी छिन । दाङ र प्युठानका विभिन्न स्थानमा खिचीने फिल्ममा बाबुल गिरीको संगीत छ ।