वैवाहिक जीवनमा बाँधिए अभिनेता आर्यन

...

काठमाडौँ । अभिनेता आर्यन अधिकारी  वैवाहिक जीवनमा बाँधिएका छन् । उनले भक्तपुर स्थित दुवाकोटकी अनिषा केसीसँग विवाह गरेका हुन् ।उनको विवाह काठमाडौँको एक पार्टी प्यालेसमा सम्पन्न भएको हो । उनको र केसीको केही महिना अगाडि इन्गेजमेन्ट भएको थियो ।

आर्यनले फिल्म ‘के म तिम्रो होइन र’ बाट चलचित्र क्षेत्र सुरु गरेका थिए । अमेरिकामा रहँदै आएका आर्यनले ‘बटरफ्लाई, बाँध मायाले’ लगायतका चलचित्रमा समेत काम गरिसकेका छन् ।