संगीत बिन्दु नभेटिने अनन्त महासागर हो, जति डुब्यो त्यहि गहिरोः संगीतकार सनम

...

माघ, काठमाडौं । आजभन्दा दुईबर्ष अघिबाट गीत संगीतको दुनियामा आएका संगीतकार सनम पुरुष यतिखेर गीतसंगीतको दुनियामा ब्यस्त छन् । संगीतलाई नै आफ्नो पेशा बनाउँदै अगाडि बढेका सनमले पापिनीले पापै गरी रुवायौं बोलको गीतमा संगीतभरेर आफ्नो संगीत यात्रा शुरु गरेका हुन् । जुन गीतमा प्रबल लाम्गाडेको स्वर रहेको छ ।
sanam purush - artist khabar

बिन्दु नभेटिने अनन्त महासागर हो संगीत
संगीतकार सनमले संगीत बिन्दु नभेटिने अनन्त महासागर भएको परिभाषा दिन्छन् । उनले कुनै पनि गीतमा संगीत भर्दा धेरै डुबिने र डुब्दा डुब्दै बिन्दु नै नआउने बताउँछन् । “यो संगीत क्षेत्र जति डुब्यो त्यहि गहिरो हुन्छ । जे होस् संगीतमा डुब्न पाउँदा एक किसिमको आनन्द आउँछ”, सनमले आर्टिस्ट खबरसँग भने ।

अहिले सम्म ९० वटा गीतहरुमा संगीत भरिसकेका सनमले आँफुले संगीत भरेका गीतहरुलाई अहिलेसम्म दर्शक तथा स्रोताले मन पराएको र आगामि दिनहरुमा पनि दर्शक तथा स्रोतकै माग अनुरुपका गीतसंगीत बनाउने बताए । उनले संगीत भरेका गीतहरुमा अन्जु पन्त, प्रमोद खरेल, शिब परियार लगायतका गायक गायिकाहरुले पनि स्वर दिएका छन् ।