‘भ्वाइस किड्स’ अब ब्याटल राउण्डमा

...

काठमाडौँ। बालबालिकाको गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ४ मा ब्याटल राउण्ड सुरु हुँदैछ । ब्लाइन्ड अडिसन गत सप्ताहन्तमा सकिएसँगै चारैजना कोचले आ-आफ्नो ड्रीम टिम तयार गरिसकेका छन् । यो सो मा सत्यराज आचार्य र खेम सेञ्चुरी शोको नयाँ कोचका रूपमा भित्रिएका हुन्। यसअघि तेस्रो सिजनमा प्रमोद खरेल, छेवाङ लामा, मेलिना राई र मिलन नेवार कोचका रूपमा थिए।

एक कोचको समूहमा १२ जना गरि ‘ब्याटल राउण्ड’मा ४८ जनाले प्रतिस्पर्धा गर्नेछन् । यो राउण्डमा १२ जना प्रतियोगीलाई ३/३ जनाको समूहमा बाँडेर ब्याटल प्रतिस्पर्धा गराइने भएको छ ।

तीमध्ये एकजनाले मात्र अर्को चरणमा जाने अवसर पाउनेछ भने दुई जना बाहिरिनेछन् । ब्याटलपछि हरेक टिममा ४ जना मात्र बाँकी रहनेछन् । प्रत्येक कोचले अन्य टिमका २ जना प्रतिस्पर्धीलाई ‘स्टिल’ गरेर आफ्नो टिममा ल्याउन सक्नेछन् । यसरी अन्ततः हरेक टिमबाट ६ जना प्रतिभा ‘लाइभ शो’ मा प्रवेश गर्नेछन् ।