काठमाडौँ। चलचित्र ‘एक्का तीनःच्याप्टर एक’को घोषणा गरिएको छ। अभिनेत्री पूजा शर्मा मुख्य भूमिकामा रहने यो चलचित्र सन् २०२६ मा प्रदर्शन गरिनेछ ।गत वर्ष ‘दान्भी’ निर्देशन गरेका रुपेश तामाङले नयाँ चलचित्र ‘एक्का तीनःच्याप्टर एक’को घोषणा गरेका हुन्।
गत वर्ष भदौमा प्रदर्शन भएको ‘रावायण’ सोचेअनुरुप नचलेपछि पूजाले अन्य चलचित्रमा काम गरेकी थिइनन्। ‘एक्का तीन’मा जोडिएसँगै पूजाको ११ महिना लामो चलचित्रविहीन यात्रामा ब्रेक लागेको छ ।
‘प्रेमगीत’बाट दर्शकको मन जितेकी पूजा राम्रो फ्यान फलोअर्स भएकी कलाकार हुन्।







२७ असार २०८२, शुक्रबार १७:२६ 








