काठमाडौँ। गायक बन्छु भनेर शहर पसेका पवन खतीवडा ‘म्याकुरी’ कसरी कलकार बने ? हास्य कलाकार बन्ने उनको सपना थीएन । उनी खासमा गायक बन्न चाहन्थे । मध्यम वर्गीय परिवारबाट आएका उनले कमजोर आर्थिक स्थितिकै कारण आफ्नो गायक बन्ने सपना त्याग्नुपरेको थियो । एक भाइ र एक बहिनीका दाजु पवन धनकुटामा जन्मिएका हुन् । उनलाई सानैदेखि गायनमा रुचि थियो ।
धनकुटामै विज्ञान विषयमा स्नातक तह सकेका उनी गायक बन्न भनी सन् २०१८ मा काठमाडौं आए । पहिलो चोटि काठमाडौं आउँदा उनलाई कमेडियन बन्छु भन्ने एक मन थिएन । काठमाडौं आएपछि उनले मास्टर्सको पढाइ र गायन कक्षा एकै चोटि ज्वाइन गरे । विज्ञान विषयमा स्नातक सकेका पवनको परिवारको चाहना भने छोराले सरकारी जागिर खाओस् भन्ने थियो । तर, गायक बन्ने रेसमा दौडिएका उनी परिवारको सोचअनुसार ढल्न सकेनन् ।

कुनै समय उनले दोहोरी साझमा पनी काम गरेका छन् । उनले नेपाल आईडलमा अडीसन समेत दीएका थीए । तर नेपाल आईडलबाट फ्याकीए । उनले धेरै गीत रेकर्ड गराएका छन् । त्यो समयमा आर्थीक अवस्था कमजोर भएका पवन गायनमा भविष्य नदेखेपछि कमेडीतर्फ धकेलिएका हुन् । अनी अहीलेपनी भन्ने गर्छन् आर्थीक अवस्था राम्रो भएका भए म गायक नै बन्थे होला ।







२९ असार २०८२, आईतवार ११:५३ 








