काठमाडौँ। भारतीय अभिनेता कोटा श्रीनिवास रावको निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेका उनको आइतबार बिहान ४ बजे हैदराबादस्थित आफ्नै निवासमा निधन भएको हो । उनी ८३ वर्षका थिए । उनको निधनप्रति भारतीय कलाकारहरुले शोक व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।
अभिनयसँगै स्टेट बैंकमा जागिर समेत खाएका उनको पहिलो फिल्म ‘प्रणाम खरीदु’ थियो, जुन सन् १९८७ मा रिलिज भएको थियो । नकारात्मक भूमिकामा निकै रुचाइएका उनले आफ्नो चार दशकभन्दा लामो करिअरमा ७ सय ५० बढी फिल्ममा काम गरेका छन् । ‘प्रतिघातना’, ‘गयम्’, ‘तीरपु’, ‘गणेश’, ‘पेलैना कोथालो’ जस्ता फिल्ममा उनले निभाएको चरित्र यादगार मानिन्छ ।
उनले फिल्ममा गरेको अभिनयबाट थुप्रै अवार्ड पनि जितेका छन् । १० जुलाई १९४२ मा आन्ध्र प्रदेशको कन्कीपाडुमा जन्मिएका श्रीनिवासले थिएटरबाट अभिनय करिअर सुरु गरेका थिए ।







२९ असार २०८२, आईतवार १२:२१ 








