काठमाडौँ। अभिनेता रमित ढुंगाना भन्छन् मेरो साढे २ करोड चुर्लुम्मै डुब्यो । रमित ढुङ्गानाले पछिल्लो समय चलचित्र ’नमेटिने घाउ’ निर्माण गरे । उक्त फिल्ममा लगानी भएको साढे २ करोड पुरै डुबेको उनले बताएका छन् । फिल्ममा नेताहरूलाई खेलाएको कारण साथै विविध कारणले फिल्मलाई बाइकट गरियो भन्छन् । उनले भनेका छन्, ’ठिकै छ मेरो त काम नै यही हो । अब के गर्नु यो फिल्मलाई बाइकट गरियो । अब अर्को फिल्मको तयारीमा जुटेको छु ।’
उनले आफ्नो पहिलो फिल्म माया नमार को सिक्वेलको रूपमा माया नमार २ को तयारीमा जुटेको बताएका छन् । उनी अहिले स्क्रिप्टको काम गरिरहेका छन् । उनको अघिल्लो चलचित्र ’नमेटिने घाउ’मा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, माओवादी सांसद देवेन्द्र पौडेल र राप्रपा सांसद ज्ञानेन्द्र शाहीले अभिनय गरेका थिए । प्रचारप्रसारमा पनि नेतालाई नै अघि सारे ।
रमितले नेतालाई समेटेर पोस्टर, टिजर र ट्रेलर जति अघि ल्याए, उति नै सामाजिक सञ्जालमा ‘बहिष्कार गरौँ’ भन्ने ट्रेन्ड चल्न थाल्यो । फलस्वरूप, फिल्मले दर्शक तान्न सकेन । यसकारण उनी भन्छन् ‘अबदेखि नेतालाई लिएर फिल्म बनाउनुहुँदैन भन्ने कुरा बुझेँ,’ । विभिन्न समयमा भएका एसिड आक्रमणको घटनाका पीडितको कथावस्तुमा ‘नमेटिने घाउ’ निर्माण भएको थियो ।







३० असार २०८२, सोमबार १२:०६ 








