मिस युनिभर्स २०२५ का लागी केपि शर्मा ओलीको शुभकामना

...

काठमाडौँ।  विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस युनिभर्स २०२५ का लागी प्रधानमन्त्री केपि शर्मा ओलीले शुभकामना दिएका छन्। यतिबेला मिस युनिभर्स २०१५को अडिसन पूर्वका विभिन्न ठाउँमा चलिरहेको छ। यसैक्रममा प्रधानमन्त्री ओलीले अन्तर्राष्टिय स्तरको सौन्दर्य प्रतियोगिता भइरहेको र अडिसन झापाबाट सुरु भएको सुन्दा खुसी लाग्यो भन्दै सहभागी हुन लागेका सबै प्रतियोगी हरुलाई शुभकामना व्यक्त गरेका छन्।

उनले भनेका छन् , “यो नेपाल र नेपालको ब्युटी चिनाउने अवसर हो । यस अवसर लाई हाम्रा चेलीहरुले राम्ररी सदुपयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु। उहाँ हरुको ट्यालेन्ट बहुआयामिक प्रतिभा प्रष्फुटित हुनेछ भन्ने विश्वास लिएको छु। सफलताका लागी धेरै धेरै शुभकामना दिन चाहान्छु।“

मिस युनिभर्स २०२५को अडिसन झापाको दमकमा १२ जुलाईमा र विराटनगरमा १२ जुलाईमा सम्पन्न भएको थियो । आयोजक ग्लोबल ग्याल्मर भेन्चर की संगीता पुरीका अनुसार अडिसन पूर्वका अरु केहि ठाउँमा पनि हुने र पश्चिमका विभिन्न ठाउँका लागी पनि तयारी भइरहेको छ। नेशनल डिरेक्टर पुरीले गत बर्ष भन्दा यस बर्ष प्रतियोगी हरु बढेको जानकारी दिएकी छिन्।