काठमाडौँ। दर्सकस्रोताको धेरै गाली खाएर एन्जाईटी , डिप्रेसनको बिरामी बनेकी ज्योति मगर । भन्छिन्, ‘दुख पोख्ने ठाउँ नै छैन । एक्लै रुनु भन्दा अरू विकल्प नै देख्दिन ।’ बाहिरी दुनियामा निकै रङ्गिन देखिने ज्योति मगर वास्तविक जीवनमा निकै ईमोसनल र सीरीयस छिन् । एक समय ज्योति मगरले समाज बिगार्ने संस्कृत बिगार्ने काम गरेको भन्दै उनीमाथि बहिष्कार अभियान नै चलेको थियो । यहीकारण आफु कयौँ रात निदाउन नसकेको र सोही समय देखी आफु मनोरोगी समेत भएको ज्योतिले बताएकी छन् ।
उनले पुरै घर परिवारको जिम्मेवारी आफुले सम्हालेर बसेकी छन् । उनी थप सुनाउछिन् ‘सधैँ घरपरिवार अरूको लागी मात्रै सोचेर काम गरी रहे यस कारण आफ्नो लागी सोच्ने समय नै आएन । यदि मैले बिहे गरेर गए भने मरो घरको जिम्मेवारी कसले पुरा गर्छ , मैरो भरमा बसेका मेरा दिदी भाइ बाबु -आमालाई मैले केही गर्न सक्दिन होला भन्ने डरले पनि मैले विवाह गर्नुपर्छ भन्ने सोच नै आएन ।’








३१ असार २०८२, मंगलवार १२:०८ 








