मुसहर बस्ती निर्माणका लागी अस्ट्रेलियाबाट धुर्मुस सुन्तलीलाई १७ लाख सहयोग

...

माघ, काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेसनद्धारा महोत्तरीको बर्दिवासमा निर्माण भइरहेको एकिकृत मुसहर बस्ती निर्माणका लागी अस्ट्रेलियाबाट १७ लाख भन्दा बढी सहयोग मिलेको छ । यो सहयोग रकम अस्ट्रेलियाको सिड्नीमा भएको गज्जबको इभेट्न नामक कार्यक्रमले मिलाइदिएको हो ।
dhurmus suntali in australia program

केहि दिन अघिमात्र आर्टिस्ट सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)को टिम कार्यक्रमकालागी अस्ट्रेलिया उडेको थियो । बिशेष गरी मुसहर बस्ती निर्माणको सहयोगको लागी नै इभेन्ट आयोजना गरीएको आयोजक प्रदिप चापागाईले जानकारी दिएका छन् । प्रदिपका अनुसार सिड्नीमा भएको १ दिनको कार्यक्रमबाट मात्र १७ लाख ४२ हजार ६ सय २५ नेपाली रुपैया सहयोग मिलेको छ । शनिबार भएको कार्यक्रममा ९ सय जना दर्शकले धुर्मुस सुन्तलीको प्रदर्शन हेरेका थिए । तिनै दर्शक मध्येबाट सहयोग जुटेको बताइएको छ ।
austraila program of dhurmus suntali 1सिड्नीको कार्यक्रमका लागी नेपालबाट चारजना आर्टिस्टको टिम पुगेको छ । धुर्मुस सुन्तली सहित गायक भरत सिटौला र आर्टिस्ट दिपक आचार्य छन् । करिब २० दिनको अस्ट्रेलिया बसाई पछि आर्टिस्टको टोली आउँदो फ्रेबुअरी ७ मा नेपाल फर्कने आयोजक प्रदिपले जानकारी दिए । आगामि कार्यक्रम मेलबर्न, ब्रिस्बेन लगायतका ठाउँहरुमा हुने बताइएको छ ।

कार्यक्रममा प्रदर्शन हेर्न आएका दर्शकहरुले मुसहर बस्ती निर्माणका लागी दिल खोलेर सहयोग गरेको आर्टिस्ट सिताराम कट्टेलले बताए । “हामी कार्यक्रम गर्न आउँनु भनेको मुसहर बस्ती निर्माणका लागी सहयोग जुटाउन पनि हो । हामी निरन्तर देश निर्माणमा छौं, त्यसका लागी सहयोगी मनहरुले यसरी सहयोग गरीदिनुभएको छ अत्यन्तै खुसी भएका छौं”, सितारामले आर्टिस्ट खबरसँग टेलिफोनमा कुरागर्दै भने ।

austraila program of dhurmus suntaliआर्टिस्ट सितारामले आगामि दिनको कार्यक्रमबाट पनि उठेको सहयोग रकम तुरुन्तै सार्वजनिक गरीने र कुनैपनि कुरा गोप्य नराख्ने जानकारी दिएका छन् । यसभन्दा आघि आएको सम्पुर्ण रकम फाउण्डेसनको आधिकारीक फेसबुक पेजमा पोष्ट बताए ।