काठमाडौँ। एलीना चौहानका भाइ भन्छन्, ‘दिदी अस्ट्रेलियाबाट जीवित फर्केर आउँछे जस्तो लागेकै थिएन ।’ पुर्वपती विष्णु सापकोटासँगको बिछोडको विषयमा सफाइ दिँदा दिँदै थाकेकी एलीना एक अन्तर्वार्तामा आफ्नो भाइसहित देखिएकी छन् । उनका भाइले थप सफाइ दिँदै भनेका छन्, ‘अस्ट्रेलिया गएपछि नै दिदीले हाम्रो भिडियो कल नै उठाउदैनथी । त्यती हामीले शङ्का गरेका थियौ । पक्कै केही भइरहेको छ जस्तो लाग्थ्यो । नभन्दै दिदी अन्यायमै परेकी रहिछे । अनुहारको नीलडाम हामीले देख्छौ भनेर फोन नउठाएकी रहिछ । धन्न दिदी सकुसल फर्केर आई । उनका भाइ भावुक हुँदै भन्छन् अहिले दिदी हासेको देख्दा हामी सबै खुसी छौ ।’
यता एलीना भन्छिन्, ‘परिवारको आडले नै म बाचे । अब विवाह गरे भने ममी बाबाले रोजेको केटासँग मात्रै विवाह गर्छु ।’ एलीनाको विवाह भएको एक वर्ष नपुग्दै डिभोर्स भयो । विवाहपछि श्रीमान्सँग अस्ट्रेलिया गएकी उनी २ महिना नबस्दै नेपाल फर्किएर आइन् ।
उनी नेपाल आए लगतै ओशोको शरणमा पुगीन् यही बेला धेरैले उनको सम्बन्धमा खटपट आएको शङ्का गरेका थिए । पटक पटक मिडियाले सम्बन्ध बिग्रिएको हो भन्दै प्रश्न गरे पनि एलीनाले विवाह भएको केही समय मात्रै भएका कारण खुलेर भन्न सकिनन् । झुट बोलिरहिन् । तर वास्तवमै उनी सम्बन्ध बिग्रिएर नेपाल आएकी रहिछन् ।







३१ असार २०८२, मंगलवार १८:४७ 








