काठमाडौँ । एकसमय ‘मेरी बास्सै’की ‘चर्चित पात्र ‘मैया’ सुनीता गौतम प्राणघातक रोग क्यान्सरबाट बाच्न सफल भएकी छन्। उनका दुईजना छोरी छन् । कान्छी छोरी जन्माउँदै गर्दा सुत्केरी शरीरमै उनलाई क्यान्सर भएको पत्ता लाग्यो । छोरी जन्मिएको खुसी एका तीर क्यान्सर रोग लागेको बज्रपात अर्को तीर । तर उनले हिम्मत हारिनन् ।
क्यान्सरसँग जुध्दै विभिन्न देशमा उपचार गराएर अन्ततः उनी ठिक हुदैछीन् र पुन कलकारितामा फर्किएकी छन् । अहिले उनलाई क्यान्सर भएको नै ५ वर्ष भइसकेको छ । एक समय मेरी बास्सैमा ‘माग्ने बुढा’की श्रीमती (मैया) बनेर उनले सबैको मन जीतेकी थिइन् । पछिल्लो समय पनि उनी टेलीसीरीयल विज्ञापन तथा फिल्ममा व्यस्त छिन् ।
सुनीता ४ -५ कक्षा पढ्दा देखी नै कलकार बन्न चाहन्थिन् । तर घर परिवारबाट कलकार बन्न साथ सपोर्ट नभएपछि अनन्त एसएलसी दिएपछि काठमाडौँ आएकी उनले ‘थोरै भए पुगी सरी’ सिरियलबाट कलकारिता यात्रा सुरु गरेकी थिइन् । त्यसपछि ‘मेरी बास्सै’मा काम गर्ने अवसर पाएकी उनले धेरै वर्ष ‘मेरी बास्सै’मा माग्ने बुढाकी श्रीमती बनेर काम गरिन् । उनले (मैया) बनेर धेरै स्टेज सो पनि गरेकी छन् ।







३२ असार २०८२, बुधबार १०:१४ 








