हलिउडकी हिरोइन बन्न जर्मन पसेकी आशीका

...

काठमाडौँ। अहिले सामाजिक अभियन्ता बनेकी आशीका तामाङ हलिउडकी हिरोइन बन्न जर्मन पसेकी थिइन्। उनले नेपालमा फिल्म पनि बनाइन् तर उक्त फिल्म फ्लप भएपछि फ्रस्टेसनमा पुगीन् । नेपालमा नभएपनी हलिउडमा प्रवेश गर्छु, ग्ल्यामर दुनीयामा हिरोइन बन्छु भनेर उनी जर्मन गएकी थिइन् ।तर सोचेजस्तो भएन । उनको हिरोइन बन्ने सपना सपना मात्रै बन्यो। अहिले छोराछोरीलाई नेपाली भाषा सिकाउनकै लागी नेपाल फर्किएकी छिन् आशीका ।

ashika tamang

धेरै युवा विदेश पलायन भइरहेको समयमा उनी भन्छन्, ‘मैले जर्मनी छाडेर आउनुको एउटा मात्रै कारण हो छोराछोरीलाई नेपाली भाषा सिकाउन ।’ उनी अभीयान्ता बन्छु भनेर नेपाल आएकी थिइनन् । तर आफु जहाँ -जहाँ पुग्यो त्यही उनले बेथिति देखेपछि भिडियो बनाएर सामाजिक सञ्जालमा राख्न थालिन् । उनी भन्छिन्, मैले राखेको भिडियो मिलियन- मिलियन भ्युज आएपछि यस्तो बीकृती,बेथिति सबैले भोग्नुभएको रहेछ मेरो मात्रै समस्या होईन रहेछ भन्ने लागेर यस्तो अभियान चलाएको उनी बताउँछिन् ।

ashika tamang

उनले आर्यन सिग्देलसँग फिल्म पनि खेलेकी थिइन् । उनको सानै देखी फिल्मको नायिका बन्ने नै सपना थियो । तर फील्म नगरी आफुले सोचेजस्तो सहज नपाएपछि उनी बिदेसिएकी थिइन् । अहिले उनी दुई छोराछोरीसहित नेपाल फर्किएकी छन्  र ३ बर्सपछि श्रीमान् पनि नेपालमै आउने उनी बताउँछिन् । जर्मनीको सुखी जीवन छाडेर उनी आफ्नो राष्ट्र र राष्ट्रियता सम्झेर नेपाल आएको बताउँछिन् ।

ashika tamang