काठमाडौं । चलचित्र ‘सिटामोल’ को दोस्रो गीत ‘मुटुभित्र खिल छ हजुर’ सार्वजनिक भएको छ । यो चलचित्र साउन २३ गतेबाट प्रदर्शनमा आउदैछ। सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकार सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मासहित संगीतबार बाबुल गिरी पनि भिडियोमा देखिएका छन् ।
संगीतकार बाबुल गिरीको संगीत तथा स्वर रहेको गीतको शब्द रचना गोविन्द भट्टले गरेका हुन् । यो गीतले दर्शकमाझ सिनेमाको हाइप उच्च बनाउने विश्वास निर्माण टिमको छ । सिनेमाका यसअघि सार्वजनिक गीत र टिजरले दर्शकमाझ राम्रो चर्चा बटुलेका छन् ।
निर्माता तथा निर्देशकले ‘सिटामोल’ मार्फत् बिम्बात्मक नेपाल र आम नेपालीको जनजीवन र परापुर्वकालदेखि नेपाली समाजमा जरा गाड्दै आएको कुसंस्कारलाई चिरफार गर्न खोजेको छन् । सिनेमाले त्यही समस्याको उठानसहित दर्शकको मन जित्ने सिनेमा निर्माण गरेको भनाई निर्देशक तथा निर्माताको रहेको छ ।







३२ असार २०८२, बुधबार १८:५० 








