काठमाडौँ। २०५३ साल तीर उनी पारिवारिक बाध्यताले गर्दा दीपकराज गिरि अमेरिका जाने तयारीमा थिए । नेपालमै बसेर कला क्षेत्रलाई निरन्तरता दिने कि बिदेसिने भन्ने दुबिधामा उनको मनमा थियो । यहीबिच अर्का कलाकार दिनेश डिसीले उनलाई अमेरिका पलायन हुनुबाट रोकेका थिए ।
दिनेश डिसीले उनलाई भनेका थिए ‘तिमी कलाकार मात्रै भएको भए तिमिलाई जाऊ भन्थेँ तर तिम्रो कलम राम्रो चल्छ त्यसैले तिम्रो सम्भावना नेपालमा नै उच्च देख्छु’ भनेर डिसीले सम्झाएका थिए । दीपकराज भन्छन् ‘यही शब्द थियो जसले मलाई अमेरिका जानबाट रोक्यो र यहीँ सङ्घर्ष गर्ने निर्णय गरे, फलस्वरूप आज आफ्नै देशमा प्रसन्नतापूर्वक जीवन बिताउन पाएँ’ ।
दीपकराज गिरीको पहिलो टेलिभिजन कार्यक्रम ‘ट्वाक्क टुक्क’ हो, जसको निर्देशन दिनेश डिसीले गरेका थिए । डिसीकै कारणले दीपकराजले रेडियो कान्तिपुरमा पहिलो जागिर सुरु गरेका थिए । टेलिभिजन कार्यक्रमको पहिलो स्क्रिप्ट लेखन पनि डिसीबाटै सुरु भएको हो । त्यसैगरी, लोकप्रिय ‘छक्कापञ्जा’ सिरिजको पहिलो फिल्म ‘६ एकान ६’का निर्देशक पनि डिसी नै हुन् । यसकारण आफ्नो सफलताको सम्पुर्ण श्रेय उनी दिनेश डिसीलाई दिन्छन् ।







१ श्रावण २०८२, बिहीबार १२:२६ 








