काठमाडौँ। अभिनेत्री सञ्चिता लुईटेल फिल्ममा फर्किएकी छन् । उनले नाजीर हुसेनको मुख्य भुमीका रहेको ‘गुन्यो चोलो: द ड्रेस’ नामक चलचित्रवाट कमब्याक गरेकी हुन् ।‘अप्सरा’ चलचित्रवाट डेब्यु गरेकी सञ्चिता आफ्नै ब्यानरबाट पनि फिल्म निर्माण गर्दैछीन् ।
दुई सन्तान जन्माएपछि सिने उद्योगबाट टाढा भएकी सञ्चिता अब भने कमब्याक गर्दैछीन् । यो भन्दा अघि पनि उनले फाटफुट थोरै रोलमा काम गरीरहेकी थिइन् र अब भने पुर्णरुपमा कमब्याक गर्दैछीन् । २००८ मा नायक निखिल उप्रेतीसँग दोस्रो वीवाह गरेकी सञ्चिताले ‘छाडी गए पाप लाग्ला’,‘पर्खी राख है’, ‘कहाँ भेटिएला’,‘पापी मान्छे’, ‘नाई न भन्नु ल’ , ‘राधा’ लगायत थुप्रै चलचित्र मा काम गरेकी छन् ।
कुनै समयकी चर्चित अभिनेत्री सञ्चिता लुइँटेल नेपाली चलचित्र क्षेत्रमा निकै व्यस्त र सफल रहेकी थिइन्। उनले अभिनयमा सफल रहँदा रहँदै एक्सन स्टार निखिल उप्रेतीसँग विवाह गरिन्। दुवैको यो दोस्रो विवाह थियो। यो भन्दा अघि उने ‘ह्रस्व दीर्घ’ चलचित्र मा काम गरेकी थिइन् । सञ्चिता लुइँटेललाई नेपाली चलचित्र उद्योगको एक सुन्दर र प्रतिभाशाली अभिनेत्रीका रूपमा लिइन्छ । विवाहपछि करियर लाई ब्रेक लाउँदै काम गर्दै गरेकी सञ्चिताले अब निरन्तर फिल्ममा काम गर्छिन् या फेरी हराउँछिन् त्यो भने समयले बताउला ।







१ श्रावण २०८२, बिहीबार १६:२१ 








