चलचित्र ‘बन्ठे’को पोष्टर र गीत सार्वजनिक (भिडियोसहित)

...

माघ, काठमाडौं । ऐतिहासिक एवं साँस्कृतिक कथा वस्तुमा बनाएको व्यवसायिक कथानक चलचित्र ‘बन्ठे’को पोष्टर र प्रेमगीत यु–ट्युब मार्फत सार्वजनिक गरिएको छ ।
banthhe

‘कुन गीत गाउँ म तिम्रो लागि’ शीर्षकको गीत र पोष्टरले यु–ट्युबमा प्रवेश पाएसँगै फिल्मात्मक ढंगले प्रदर्शनको अन्तिम तयारीमा रहेको फिल्म युनिटले जनाएको छ ।

आदिवासी जनजाती समुदाय सिमान्तकृतको कथालाई कलार्दामा उतारिएको चलचित्र पोष्ट प्रकाशनको काम भइरहेको र ट्रेलर पनि सार्वजनिक गरिने बताइएको छ ।


पुर्व सूचना तथा सञ्चारमन्त्री शेरधन राई र पूर्व शहरी विकासमन्त्री डा नारायण खड्काले भब्य समारोहका बीच शुभमुहर्त गरेको चलचित्रको मुख्य भूमिकामा अभिनेत्रि सञ्चिता लुईटेल र उदयमान नबनायक उमेश शिवाकोटी रहेका छन् । युवा निर्देशक भोमन कटवालले निर्देशन गरेको फिल्म विजय बस्नेतले छायाँकन गरेको हुन् ।


विशालप्रसाद अधिकारी र शारदा खड्का निर्माता रहेको फिल्मको कार्यकारी निर्माता दुर्गा घिमिरे रहेकी छिन् । फिल्मका कथा नायक उमेश शिवाकोटीले लेखेका हुन् ।


आदिवासी समुदायको कथामा बनेका कबडी–कबडी ब्यवसायिक रुपमा सफल भएसँगै पिछडिएका जातिको कथामा सिनेमा बन्न थालेको र यो फिल्म सोही समुदायको प्रतिनिधित्व गर्ने फरक, यर्थात र मसलेदार स्वाद दिने र फिल्मलाई दर्शकहरुले माया दिने र पुर्ण सफल हुने फिल्मका कार्यकारी निर्माता दुर्गा घिमिरेले बताइन् ।
Song