काठमाडौँ। सर्लाहीबाट कलाकार बन्ने सपना सहित +२ को पढाइ सकेर २०६४ सालमा काठमाडौँ आएका विजय बरालले २ वर्ष ट्युसन सेन्टर मा काम गरे । त्यहाँ काम गर्दा उनको दैनिकी त चल्यो तर उनले देखेको सपना पूरा गर्न भने पाएन र काम छाडेर आफ्नो सपनालाई अगाडि बढाउन उनी गुरुकुलमा नाटक हेर्न जान थाले । त्यसपछि उनमा अझै अभिनय प्रतिको रुचि बढ्दै गयो र उनले ४५ दिनको अभिनय तालिम लिएसँगै मण्डला नाटक घरमा जोडिन पुगे । त्यहाँ उनले कैयौँ रात भोकै, अनिदो रहेर सपना पूरा गर्न सङ्घर्ष गरे ।
दर्जनौँ नाटक, चलचित्रमा अभिनय गर्दा पनि दर्शक समक्ष हराइरहेका उनले हार नमानी निरन्तर आफ्नो कर्म गर्दै अहिले यो स्थानसम्म आई पुग्न सफल भएका छन् । उनी भन्छन्, “सपना देख्न पनि तयारी चाहिन्छ त्यसैले खुब मेहनत गर्नुहोस् । अवश्य पूरा हुन्छ ।“ २०८१ विजय बरालको चम्किएको वर्ष हो । सधैँ मुख्य पात्रको वरिपरि मात्रै काम गर्नै अवसर पाएका उनले ‘पूर्ण बहादुरको सारङ्गी’मा मुख्य रोलमा काम गर्ने अवसर पाए । चलचित्र ब्लकबस्टर भयो । करौडौ ग्रस कलेक्सन गरयो ।
जब उनले सोलो मुख्य भूमिकामा अवसर पाए उनले होल नेपाली चलचित्र उद्योगका कलाकारलाई नै ओझेलमा पारिदिए । उनको नेपाली चलचित्र उद्योगकै सर्वकालीन ब्लक बस्टर सिनेमा दिए । जुन रेकर्ड आजसम्म नपाली चलचित्र उद्योगमा कुनै पनि हिरोका चलचित्रले बनाएका थिएनन् रेकडै -रेकर्ड आफ्नो खल्तीमा परेपछि अहिले विजयलाई भ्याइन -भ्याइ छ । सोलो लिडमा काम गरिरहेका छन् । अब एकपछि अर्को लिड रोल रहेका उनका चलचित्र आउँदा दिनमा रिलिज हुनेछन् ।







२ श्रावण २०८२, शुक्रबार १३:४१ 








