संसार छाड्ने निधो गरेकी अन्जु पन्त

...

काठमाडौँ।  ८ हजार भन्दा बढी गीतमा आवाज भरेकी स्वर साम्राज्ञी अन्जु पन्तले कुनै समय आत्महत्याको प्रयास समेत गरेकी थिइन्। अन्जु पन्तको गीत नसुन्ने ,उनका गीत मन नपराउने , उनलाई नचिन्ने एकदमै कमै मात्र होलान् । उनी एक सफल र लोकप्रिय गायिका हुन् । सबैकी प्रिय अन्जु पन्तको वैवाहिक जीवन भने कहालीलाग्दो छ।

गीत गाउने क्रममै उनको मनोजराज सिवाकोटीसँग भेट भएको थियो। केही समयको प्रेमपछि यी दुईले बिहे गरे । तर दाम्पत्य जीवन भने सफल हुन सकेन । वैवाहिक सम्बन्धको खटपट,बिग्रँदो घर परिवारको अवस्थाले गर्दा उनी मानसिक रूपमा पनि रोगी हुन थालिन् । विभिन्न शारीरिक रोगहरू पनि देखा पर्न थाले । यतीसम्म भयो की उनले जीवनदेखी हार मानेर प्राण त्याग्ने निधोसम्म गरेकी थिइन् । तर भनिन्छ नि समय भन्दा अघि कोही छैन ।

anju-panta

उनको पहिलो सम्बन्ध बिग्रिएपछि अहिले दोस्रो विवाह गरेकी छन् । छोरी परीतोषीकाको जिम्मेवारी पनि उनी आफैले निभाउँछिन् । छोरीलाई आफुसँगै राखेकी छन् । गीतसङ्गीतमा पनि उत्तिकै सक्रिय छिन् । देश विदेश घुमीरहेकी छन् अहिले उनको जीवन निकै सुमधुर रूपमा चलीरहेको छ । तर एकसमय उनी निकै बीछीप्त भएर आत्महत्याको मोडसम्म पुगेकी थिइन् ।

anju-panta -

नबीर्से तिमिलाई नपाए तिमिलाई ….गीत उनको करीअरको सर्वाधीक हीट गीत हो । यही गीतले उनलाई गायन क्षेत्रमा स्थापित गराएको थियो । पाँचथरको आठराईकी आमा मनु योञ्जन र काठमाडौंँ नजिक फफिर्ङका विष्णु पन्तकी छोरी अन्जु पन्त सबैभन्दा बढी गीत गाउने, सबैभन्दा बढी पुरस्कार पाउने र गीतबाट सबैभन्दा बढी आम्दानी गर्ने गायिकामा पर्छिन् ।