‘बस्यौ किन मनभित्र’ म्युजीक भिडियो छिट्टै बजारमा आउँदै

...

माघ, काठमाडौं । ‘बस्यौ किन मनभित्र मुटु चुँडाई लानेभए, किन जोड्यौ झुठो नाता आखिर टुटाई जानेभए ।’ यस्तै कर्णप्रिय शब्दहरुले भरिएर एक आधुनिक गीत केहिदिनमै बजारमा आउने भएको छ । गीतको भिडियोको छायांकन सकिएको निर्माण युनिटले जनाएको छ भने भिडियो यसैसाता बजारमा आउने छ ।
music video shooting sanam purushईन्द्र बुढाथोकीको रचनामा तयार भएको यस गीतलाई शनम पुरुषले संगीत भरेका छन् भने नवगायक निशान राईले स्वर भरेका छन् । गीतलाई के.बी. भण्डारीले एरेन्ज गरेका हुन् ।

जुनतारा म्युजीकद्धारा बजारमा आउने यस गीतको भिडियोलाई प्रियजन राईले निर्देशन गरेका छन् । साथै भिडियोमा आयुष कार्की, निशा थापा र मनिल तामांगको अभिनय देख्न सकिनेछ ।
sanam purush music videoसिनामंगल, एयरपोर्ट देखि ललितपुरका बिभिन्न रमणीय स्थानहरुमा खिचिएको यस गीतको भिडियोलाई दर्शकहरुले मन पराउनेमा आशाबादी रहेको निर्देशक राईले बताए । त्यसैगरी गीतका संगीतकार शनमले पनि गीत बियोगान्त भाव श्रृंगारिक रमा नै भएकोले दर्शक तथा स्रोताले मन पराउनेमा ढुक्क रहेको बताउँछन् ।