राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको आयोजनामा रक्तदान सम्पन्न

...

काठमाडौँ। वर्षायाम थालनी भएसंगै बढ्दो बाढी ,पहिरो तथा सम्भावित विभिन्न किसिमका दैविक तथा प्राकृतिक विपत्तिले निम्त्याउन सक्ने सम्भावित दुर्घटनहरुलाई मध्य नजर गर्दै र पछिल्लो समय रगतको अभावका कारण सृजित विभिन्न स्वास्थ्य समस्याहरुको न्यूनीकरण तथा विभिन्न रक्त संकलन केन्द्रहरु (Blood Bank)मा भएको रगतको आवश्यकतालाई समेत परिपुर्ति गर्ने गरि राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले आयोजना गरेको रक्तदान कार्यक्रम राजधानीको अनामनगर स्थित सामाजिक विकास भवनमा सम्पन्न भएको छ ।

काठमाडौं महानगरपालिका, नेपाल रेड्क्रस सोसाइटी , नेपाल प्रहरी , नेपाल फलफूल थोक व्यवसायी संघ, यसोदा ग्रुप अफ इन्ड्स्ट्रीज (करेन्ट नुड्ल्स) र माइलस्टोन इन्फ्रास्ट्क्चर इन्जिनियरिङ कन्सल्टेन्सीको सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा सयौंको संख्यामा रक्तदाताहरुले रक्तदान गरेका छन् । नेपाल गीत संगीत तथा कलाकारिता क्षेत्रका दर्जनौं सक्रिय संघ संस्थाहरुको सहकार्य रहेको उक्त रक्तदान कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी प्रमुख विशिष्ट गीतकार ए आइ जी टेक तामाङ लगायत नेपाली कलाकारिता क्षेत्रका दर्जनौं लोकप्रिय श्रष्टा, गायक , संगीतकर्मी , संचारकर्मी, प्राविधिक लगायत समाजसेवी, जनप्रतिनिधि , खेलाडी ,राजनीतिक व्यक्तित्वहरु लगायत सर्वसाधारण समेतले रक्तदान गर्नु भएको थियो ।

उक्त रक्तदान कार्यक्रममा नेपाली चलचित्र जगतका लोकप्रिय नायक धिरेन शाक्य , संगितकर्मी कस्तुप पन्त, गायक कुलेन्द्र विश्वकर्मा , संगीतकार नरहरी प्रेमी, गायक सिडी विजय अधिकारी , निर्देशक माधवराज खरेल, संचारकर्मी द्वय सुमन पन्डित र सविता पोख्रेल लगायत दर्जनौं चर्चित कलाकर्मीहरुले रक्तदान गर्नु भएको थियो । एयोशा ग्रुप अफ इन्ड्स्ट्रीजका अध्यक्ष तथा समाजसेवी चुन्ना पौडेल, नेपाल प्रहरीका एआइजी टेक तामाङ , प्रतिष्ठानका अध्यक्ष नारायण ब थापा , वरिष्ठ उपाध्यक्ष दिपक शर्मा ज्यु लगायतले रक्तदाताहरुलाई सर्टिफिकेट प्रदान गर्दै धन्यवाद ज्ञापन समेत गर्नु भयो । स्वास्थ्य संवेदनशिलतालाई मध्य नजर गर्दै आगामी दिनमा पनि प्रतिष्ठानको कार्यसमिति विभिन्न सामाजिक तथा रचनात्मक कार्यहरुमा सकृय रहने प्रतिष्ठानका महासचिव तथा उक्त रक्तदान कार्यक्रमका संयोजक सनम कठायतले बताउनु भयो ।

कार्यक्रममा बरिष्ठ संगीतकार चेतन सापकोटा,संगीतकार संघ नेपालका अध्यक्ष अष्ट लामा,रोयल्टी संकलन समाजका सचिव बसन्त सापकोटा, बरिष्ठ गीतकार शंकर अधिकारी “घायल” म्युजिक भिडियो निर्देशक समाज कि अध्यक्ष बबिता श्रेष्ठ मलेकु,चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटा राप्ती समाजका अध्यक्ष गोबिन्द मधुर आचार्य, बरिष्ठ पत्रकार तथा गीतकार डब्बु क्षेत्री, संस्थाका सल्लाहकारहरु रबिन्द्र बराल,रमेश दहाल डा. ओम कृष्ण प्रसाईं, माधब राज खरेल लगायतका बिशिष्ट ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।