काठमाडौँ। शाहरुख खान फिल्म ‘किङ’को एक्सन दृश्य छायांकन क्रममा घाइते भएका छन् । मुम्बईको गोल्डेन टोब्याको स्टुडियोमा भैरहेको छायांकनको क्रममा उनलाई चोट लागेको हो।
शाहरुखलाई चोट लागे लगत्तै छायांकन रोकिएको छ । घटनापछि चिकित्सकले शाहरुखलाई १ महिना पूर्णरुपमा आराम गर्न सल्लाह दिएका छन् ।शाहरुखको यो फिल्ममा अभिषेक बच्चन, रानी मुखर्जी, दीपिका पादुकोण, अर्शद वारसी, अभय वर्मा, अनिल कपूर, ज्याकी श्राफ, राघव जुयाल, जयदीप अहलावत, सौरभ खान र शुक्ला खान लगायतका विशाल कलाकारहरू छन् ।
सन् २०२६ को गान्धी जयन्तीमा फिल्म प्रदर्शन हुने अपेक्षा छ । छायांकन रोकिएकाले टाइमलाइन प्रभावित हुन सक्ने अनुमान गरिएको छ ।







४ श्रावण २०८२, आईतवार १३:०१ 








