खेम सेन्चुरीकी प्रेमीका भनेर चर्चा भएपछि बोलिन् जानुका तामाङ

...
काठमाडौँ।  पछिल्लो समय खेम सेन्चुरी र जानुका तामाङ प्रेम सम्बन्धमा छन् भनेर सर्वत्र चर्चा भइरहेको छ।  यसरी नाम जोडिन थालेपछि जानुका भन्छिन्, ‘हामी साङ्गीतिक जोडी मात्रै हो  बिहेको सम्भावना छैन ।’  उनी थप सुनाउँछीन्, ‘सुरुसुरु त नाम जोडिँदा नराम्रो लाग्थ्यो,दुख लाग्थ्यो तर अहिले हामीलाई मन पराएर,हाम्रो राम्रो सोच्नेहरूले नै यस्तो भन्नुभएको होला भन्ने लाग्छ सकारात्मक ने सोच्छु । सायद हामी दुबै अविवाहित भएको कारण पनि यस्ता हल्ल चल्नु स्वभावीक हो जस्तो लाग्छ । तर यो कुरामा कुनै सत्यता छैन ।’
यी दुईले मौखिक रूपमा प्रेम नखुलाएपनि लुकाउन पनि सकिरहेका छैनन्। जानुकाको विषयमा प्रश्न गर्दा खेम हासेको हास्यै मात्रै गर्छन् भने जानुका पनि सत्य कुरा फुस्किएला कि भन्दै निकै अनकनिएर बोल्ने गर्छिन्।