दुबईमा गुन्जिए कुमा सागर

...

काठमाडौँ। गोर्खा साँझ सिजन ३ को प्रस्तुतिमा गायक कुमा सागर पहिलो पटक दुबईमा गुञ्जिएका छन्। उनले दुबईमा पहिलो पटक प्रस्तुति दिएका हुन्। उनको दुबईमा पहिलो प्रस्तुति भएर पनि होला उनका फ्यानहरू चर्को गर्मीका बिच कार्यक्रम हेर्न आइपुगेका थिए ।

कुमाले आफ्नो प्रस्तुतिका क्रममा हावाको लहर, ओ चम्पा, चमेलीको फूलसहित नेपाली सङ्गीत र धुनहरू सुनाएर दर्शकलाई मन्त्रमुग्ध बनाए । कुमा र उनको ब्याण्डले प्रस्तुति दिइरहँदा लगातार दर्शकहरूले साथ दिँदै माहौल तताइरहे ।

प्रस्तुतिका क्रममा कुमा सागरले आफूहरू २ दिन दुबईमा रहँदा गर्मीले तर्सिएको उल्लेख गर्दै आफ्नो गुजाराका लागि कयौँ वर्ष पसिना बनाइरहेका नेपालीहरूलाई सम्मान गर्न चाहेको बताए । यस्तै उनले नेवा संस्कृतिको पुनर्जन्ममा आफूहरू सङ्गीतमार्फत लागिपरेको पनि बारम्बार दोहोर्‍याइरहे ।