पलेँटीमा सङ्गीतकार न्ह्यू बज्राचार्य

...

काठमाडौं । नेपालयको ‘आर’शालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रम- पलेंटीमा यस पटक प्रसिद्ध साङ्गीतकार न्ह्यू बज्राचार्य प्रस्तुत हुने भएका छन् । यही महिनाको अन्तिम शुक्रबार र शनिबार (२५ र २६ तारिख) मा  कार्यक्रम आयोजना हुदैछ।

यो  कार्यक्रमलाई कवि तथा गीतकार विप्लव प्रतीकले संचालन गर्नेछन् । न्ह्यू बज्राचार्य नेपाली साङ्गीतिक जगतका श्रोता, दर्शक बीच स्थापित नाम हो । उनले धुन भरेका अनेकौं गीतहरूले लोकप्रियताको शिखर चुमेका छन् ।

बज्राचार्यले धुन भरेका- ‘फूलको आँखामा’, ‘नआऊ सपनाभरि’, ‘अरबौं मान्छेरुमा’, ‘लैजा चरी’, ‘सयथरि बाजा’ लगायत अनेकौं गीतलाई नेपाली श्रोता जगतले अत्यधिक रुचाएका छन् ।