काठमाडौँ। भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कोशोढुङ्गा’को पहिलो गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ गीत सार्वजनिक गरिएको छ । तीजको सेटअपमा तयार पारिएको गीतको भिडियोमा फिल्मका तीन मुख्य अभिनेत्री ऋचा शर्मा, सुरक्षा पन्त र नीति शाह नृत्य गर्दै देखिएका छन् ।
अविवाहित र विवाहित महिलाको भावना, अनुभव, भोगाइ र अनुभूतिलाई गीतमा प्रस्तुत गरिएको छ । ऋचा सिउँदोमा सिन्दूर र गलामा पोते लगाएर देखिएकी छन् भने सुरक्षा र नीति अविवाहित देखिन्छन् ।
सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक तीज भाकाको उक्त गीतमा खेम सेन्चुरी, समीक्षा अधिकारी र दीपिका मगरको स्वर, नेत्र अर्यालको शब्द रचना तथा गायक सेन्चुरी स्वयंको हुकलाइन र संगीत छ ।







५ श्रावण २०८२, सोमबार १५:२७ 








