काठमाडौँ। गायक नेत्र भण्डारी र सीता बरालको आवाजमा सजिएको नयाँ तीज गीत ‘भाईरल बनाइदेऊ’ सार्वजनिक भएको छ । गीतमा
दुनीयाले लाइभ बसेरै घर र गाडी जोडे
म चैँ लाइभमा आउँदाखेरि कोही नि आउन छोडे
लाईक खनाइदेऊ,कमेन्ट खनाइदेऊ
लौन मेरो भगवान् मलाई पनि भाईरल बनाइदेऊ.. लगायतका शब्द समेटिएको छ । गीतमा अहिलेको समसामयिक विषय टिकटक प्रयोगकर्ता र भाइरल हुन खोज्ने प्रवृत्तिको कथा प्रस्तुत गरिएको छ ।
प्रकाश ढकालको शब्द सङ्गीत रहेको यस गीतमा एलीना रायमाझी, यादव देवकोटा, भेष बिसी, रमिला खड्का, शिला पाण्डे, राजकुमार थापा, अन्जु भण्डारी लगायतका कलकारहरू फीचर्ड रहेका छन् । युवराज खत्रीको निर्देशनमा तयार भएको यो गीत सन्देशमुलक बनेको छ । गीत २ घण्टा अघि आज पारस ढकालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ







५ श्रावण २०८२, सोमबार १८:१९ 








