काठमाडौँ। सागर सुनारको शब्द सङ्गीत र आवाजमा तयार भएको र्याप गीत ‘प्रश्न’ सार्वजनिक भएको छ । सागरलाई रैमान सुनारले कोरसमा साथ दिएका छन् । गीतमा लागु पदार्थमा फसेका युवा र उसको आत्मग्लानि,पश्चात्ताप देखाइएको छ ।
गीतमा सपना धेरै देख्छु जिन्दगी यो खाडलमा छ, जति यो सोचेपनी दीमाख यो ह्यंग भा छ ,आफ्नाले दिए चोट कसको भर पर्नु खै.. लगायतका शब्द समेटिएको छ । गीतको भिडियोमा कुमार दर्नाल,रेवत गहतराज,सागर सुनार,रैमन सुनार फीचर्ड छन् ।
विकास बराइली, सजन गौतम र साहील विश्वकर्माको निर्देशनमा तयार भएको गीतको भिडियोलाई सजन गौतमले छायाङ्कन गरेका हुन् ।







५ श्रावण २०८२, सोमबार १९:३६ 








